एक्स्टेन्सन काउन्टर संचालनमा

अर्थ/वाणिज्य

       

विराटनगर, २२ वैशाख । प्रभु बैङ्क लिमिटेडले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि आवश्यक श्रम स्वीकृतिबापतको शुल्क दाखिला गर्ने तथा अन्य सेवा र सुविधाका लागि एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

विराटनगर महानगरपालिका–३, तीनपैनीस्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । श्रम तथा वैदेशिक रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले काउन्टरको शुभारम्भ गरे ।

यस कार्यबाट वैदेशिक रोजगारीमा जाने व्यक्ति प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व सङ्कलनमा पनि थप योगदान पुग्ने विश्वास उक्त बैङ्कले लिएको छ ।

तपाईको प्रतिक्रिया