‘समाजवादी पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता नहुने

राजनीति

       

काठमाडौं, २४ बैशाख । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीबीच एकता भई घोषणा भएको ‘समाजवादी पार्टी, नेपाल’ निर्वाचनमा पहिलेदेखि दर्ता भएको छ ।

निर्वाचनमा आयोग समाजवादी पार्टी, नेपाल पहिलेदेखि नै निर्वाचन आयोगमा दर्ता भएकोले डा.भट्टराई र यादवको एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने हुन्छ ।

आयोगमा विष्णुराज अर्याल अध्यक्ष रहेको ’समाजवादी पार्टी नेपाल’ दर्ता छ । आयोगका अनुसार एउटै नामको दल एकभन्दा बढी दर्ता हुन सक्दैन ।

समाजवादी पार्टीको अगाडि नेपाल थपी नेपाल समाजवादी पार्टी नाम राख्न सकिनेछ वा अन्य कुनै नाम रोज्नुपर्ने बाध्यात्मक परिस्थिति बाबुराम र उपेन्द्रको अगाडि रहेको छ ।

यसअघि पनि मधेशकेन्द्रित ६ दल एकीकृत भई राष्ट्रिय जनता पार्टी घोषणा भएको थियो तर निर्वाचन आयोगमा नाम जुधेपछि अन्तिममा नेपाल थपिएको थियो ।

तपाईको प्रतिक्रिया