बसेर कुरा गरौं न, केका लागि संशोधन ? : प्रधानमन्त्री

राजनीति

       

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केका लागि संविधान संशोधन गर्ने भन्नेबारे बसेर कुरा गर्न राष्ट्रिय जनता पार्टी नेपाललाई आग्रह गरेका छन् ।

उनले जहिले पनि संशोधनकै गीत नगाउन जवाफ राजपालाई दिएका छन् । उनले जुनसुकै मौसममा गाउने गीतजस्तै भएको टिप्पणी गरेका छन् ।

संविधान संशोधनको माग गर्ने दलसँग बसेर कुरा गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले स्ष्ट पारेका छन् ।

मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ठीक छ, संविधान भनेको असंशोधनीय दस्तावेज होइन । बसेर कुरा गरौं न, केका लागि संशोधन ?’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने आफ्नो पुरानो भनाइ प्रधानमन्त्री ओलीले संसदमा पनि दोहो¥याए । प्रधानमन्त्री ओलीले औचित्य र आवश्कताका आधारमा संविधान संशोधन हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया