राजपाभित्र एकल नेतृत्वको परिकल्पना

राजनीति

       

काठमाडौं, २५ बैशाख । आगामी कात्तिक २८, २९ र ३० गतेलाई महाधिवेशनको मिति तय गरेको राष्ट्रिय जनता पार्टी, नेपाल महाधिवेशनको तयारीमा जुटेको छ ।

राजपा नेपालले विधान लेख्ने कामलाई अगाडि बढाएको छ ।
यसैक्रममा राजपा नेपालले पार्टीका ७ ओटा निकाय रहने गरी नयाँ विधान तयार गर्न लागेको हो । उसले परिमार्जित विधानमा अध्यक्षमण्डलको व्यवस्था हटाएको स्रोतले जनाएको छ  ।

महाधिवेशनबाट पारित गर्नका लागि तयार पारिएको विधान मस्यौदाले एकल नेतृत्वको परिकल्पना गरेको हो । स्रोतका अनुसार मस्यौदामा केन्द्रीय समितिदेखि वडा समितिसम्म सातवटा समिति रहने व्यवस्था गरिएको छ ।

८ देखि १३ बैशाखसम्म बसेको पदाधिकारी बैठकले बनाएको लक्ष्मणलाल कर्ण नेतृत्वको नौ सदस्यीय समितिले विधान तयार पारेको हो । राजपाले महाधिवेशन सम्पन्न गर्न नेता महन्थ ठाकुरको नेतृत्वमा महाधिवेशन आयोजक मूल समिति समेत बनाएको छ ।

तपाईको प्रतिक्रिया