अवसर र सम्मान दिएमा कांग्रेस बलियो : भण्डारी

राजनीति

       

मणिप्रसाद गैेह्रे, कपिलवस्तु, २६ बैशाख । कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीमा सवैलाई अवसर र सम्मान दिएमा पार्टी बलियो हुने बताएका छन् । उनले बिगतमा भएका कमीकजोरीलाई आत्मसात गरी सोचमा परिवर्तन गरी पार्टीलाई सशक्त रुपमा अघि बढाउनु पर्ने बताए ।

कांग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियान अन्तर्गत बुद्धुभुमी नगरपालिकाको गोरुसिंगेमा राखेको कार्यक्रममा संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले सबै उपलब्धीहरुका कुरा कांग्रेसले गरे पनि चुनाव हारको कारण भने समिक्षा गर्नुपर्ने बताए ।

उनले अब कांग्रेस भित्र सबैलाई समान अवसर दिनु पर्नेमा जोड दिए । सो अवसरमा नेता भण्डारीले प्रधानमन्त्रीले एक बर्ष अघि दिएको करेन्टरुपी नारा अहिले भने फिउज भएको बताए । घरमा ग्याँसको पाईप लाईन, चिनबाट तेल ल्याउने नारा अहिले पनि झुठ साबित भएको बताए ।

‘ भारतले लागएको नाकाबन्दी पछि ओलीज्युले राष्ट्रिताको नारा लगाउँदै हिडनु भएको थियो अहिले त्यो फिउज भयो ’ उनले भने । उनले ओली नेतृत्वको सरकार इतिहास मै सबैभन्दा भ्रष्ट हुने तर्फ उन्मुख भएको आरोप लगाए । उनले संघीय देखि स्थानीय सरकार अहिले भ्र्रष्ट्राचारमा डुबेको पनि बताए ।

सो अवसरमा नेता भण्डारीले हालै पेश गरिएको सरकारको नीति तथा कार्यक्रम नेपालको भुगोललाई नसुहाउँदो भएको बताए । ‘ नीति तथा कार्यक्रममा हुनै नसक्ने कुराहरु राखिएका छन् जनतालाई झुठो सपना बाँडिएका छन ’ उनले भने । कांग्रेसको यस पटकको कार्यक्रम भने बिगत भन्दा फरक थियो । तीन जना जिल्ला स्तरीय नेतालाई मात्र बोल्ने अवसर दिईएको थियो । त्यसमा पनि एक जना महिलालाई अवसर दिईएको थियो ।

अधिकांश समय केन्द्रिय नेतालाई नै बोल्ने समय दिईएको थियो । पार्टी सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता, सचिव प्रेम बहादु रायमाझीको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय सभापति हरिराज घिमिरे, क्षेत्र नं १ का सभापति केशव कुमार श्रेष्ठ, महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराईले पाट्र्टीमा गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिए ।

एक महिनासम्म गाउँ नगरसम्म गएर संगठन वलियो बनाउने र जनताका समस्या बझ्न जागरण अभियान थालिएको पार्टीले जनाएको छ । सो अवसरमा सबै भातृ संस्थाहरुलाई परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया