जनतान्त्रिक तराई मुक्ति पार्टी राजपामा विलय

राजनीति

       

जनकपुरधाम, २६ बैशाख । तत्कालीन सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति पार्टीका अध्यक्षसहितका नेता कार्यकताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् । 

बिहीबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनतान्त्रिकका अध्यक्ष रामलोचन ठाकुर स्वामीजीसहितका नेता कार्यकर्ताहरुलाई राजपा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले अबिर माला लगाइ स्वागत गरेका छन् ।

राजपा धनुषा जिल्ला संयोजक प्रमोद यादवको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि पूर्वसञ्चारमन्त्रीसमेत रहेका राजकिशोर यादव, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको विशेष आतिथ्यतामा जनतान्त्रिकका नेता कार्यकर्ताहरु राजपामा प्रवेश गरेका हुन् ।

राजपा नेपाल नै मधेशी जनताको आशाको किरण भएको जिकिर गर्दै जनतान्त्रिकका नेता कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया