नेपालगन्जमा किया मोटर्स

अर्थ/वाणिज्य

       

नेपालगन्ज, २६ बैशाख । कोरियन कारको ब्रान्ड किया मोटर्सले बाँकेमा सोरुम सुरु गरेको छ ।

नेपालगन्जको राँझा चोकस्थित किया गाडीको नेपालस्थित अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरनेसनलका अध्यक्ष सुरिता घिमिरे र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले संयुक्त रुपमा सोरुमको उद्भाटन गरेका हुन् ।

यसका लागि नेपालगन्जका लागि आधिकारिक बिक्रेता अटोरान्च प्राली हो । ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस् सुविधा पाउने अटोरान्च सोरुमका बजार प्रबन्धक सुदीप गिरीले जानकारी दिए ।

क्रियाका डिजेल, पेट्रोल र विद्युतबाट चल्ने रियो, पिकान्टो, स्पोटेज विभिन्न ब्रान्डका ३५ लाखदेखि एक करोड ४० लाख रुपैयाँ मूल्य पर्ने गाडी छन् । अहिलेसम्म कोरियाबाट आयात गरने किया गाडी निकट भविष्यमै भातबाट आयात गरिने भएको छ ।

तपाईको प्रतिक्रिया