अन्य प्रदेशभन्दा प्रदेश २ बेरोजगारी र गरिबीको समस्या बढी : मुख्यमन्त्री राउत

राजनीति

       

वीरगन्ज, २८ बैशाख । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अन्य प्रदेशभन्दा प्रदेश २ मा बेरोजगारी र गरिबीको समस्या बढी रहेको बताएका छन् ।

उनले गरिबी र बेरोजगारीको समस्या समाधान गर्नका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

उनले निजी र सार्वजनिक क्षेत्र मिलेर प्रदेशको बेरोजगारी र गरिबी घटाउनुपर्ने बताएका छन् । त्यसका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट महत्वपूर्ण हुने बताएका छन् ।

वीरगन्जमा आयोजित कार्यक्रममा उनले वैदेशिक रोजगारी जाने युवाहरुलाई सुरक्षित बनाउन सरकार गम्भिर रहेको बताए ।

‘बेरोजगारी र गरिबीको समस्या प्रदेश नं २ मा अन्य प्रदेशमा भन्दा बढी छ । सरोकारवाला सबै मिलेर अगाडि बढ्न सक्नुपर्छ । त्यसो भयो भने रोजगारी सृजना गर्न सक्छौं,’ उनले भने, ‘त्यसो नहुँदासम्म कम्तीमा अदक्ष कामदारहरुलाई दक्ष बनाएर त विदेश पठाउन सक्छौं ।’

तपाईको प्रतिक्रिया