राजधानी र नामको निर्णायक अधिकार जनतामै : घर्ती

राजनीति

       

बुटवल, २९ बैशाख । पूर्व सभामुख ओनसरी घर्तीले प्रदेशको राजधानी कहाँ हुने भन्नेर निर्णय गर्ने अधिकार जनतामा निहित भएको बताएकी छिन् । प्रदेशको नाम र राजधानीको विषयमा पार्टीको एकलौटी निर्णय नचल्ने उनले दाबी गरिन् ।

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ५ की अध्यक्ष समेत रहेकी घर्तीले संघीयता ल्याउन जनताको ठूलो साथ रहेको बताउँदै संघीयता कार्यान्वयनमा कर्मचारी र जनताको साथ रहेन विश्वास पनि व्यक्त गरेकी छिन् ।

प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने उनले बताईन् ।

आइतबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेश सभाका सदस्यहरुले जनताको राय लिएर मात्रै राजधानीको टुंगो लगाउने धारणा राखिन् ।

मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुंगो लाग्न समय लागेको उनको भनाइ छ । घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयास स्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन् ।

 

तपाईको प्रतिक्रिया