उत्पादन र विकासको हिसाबले प्रदेश पाँच अगाडि : पोखरेल

राजनीति

       

रूपन्देही, ३० वैशाख । समयमै कर्मचारी समायोजन नहुँदा र ढिलो गरी बजेट कार्यान्वयन गर्दा केही ढिलाइ भए पनि प्रदेश पाँच बजेट कार्यान्वयनको लागि अनुकूल अवस्थामा रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले कर्मचारी व्यवस्थापन प्रदेशको लागि ठूलो चुनौतीको रूपमा देखिएको पनि बताए ।
रूपन्देहीको तिलोत्तमामा सञ्चालित प्रदेश पाँच परिषद्को दोस्रो बैठकको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले आवश्यक सबै कानुन निर्माण गरेर नसकेको भएपनि अन्य प्रदेशहरूको तुलनामा धेरै कानुन निर्माण गरेको र बजेट कार्यान्वयन पनि २५ प्रतिशत पूरा गरेको जानकारी दिए ।

संघीय सरकारले उपलब्ध गराएको सशर्त अनुदान बापतको रकम पनि सबै खर्च गरेर साढे दुई अर्ब थप बजेट ल्याइएको भन्दै उनले अब आवधिक योजना अनुसार विकासका योजना अगाडि बढाउँदा आगामी वर्षदेखि विकास बजेट खर्च गर्न सहज हुने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेशको कूल ग्राहस्थ उत्पादन र विकासको हिसाबले पनि प्रदेश पाँच अगाडि रहेको र राष्ट्रिय औसतभन्दा माथि रहेको दाबी गरे ।

 

 

तपाईको प्रतिक्रिया