टिपरलाई ट्रकले ठक्कर दिँदा चालक र सहचालकको मृत्यु

समाचार

       

महोतरी, ३० बैशाख । बर्दिबास नगरपालिका ४ स्थित सडकमा रोकी मर्मत गर्दै गरेकोबा.५ ख ४२२२ नम्बरको टिपरलाई ना.६ ख ३०२० नम्बरकोट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

टिपर चालक सिन्धुली भिमस्थान बस्ने २४ वर्षीय दिनेश मानन्धर र सहचालक २५ वर्षीय नबिन मोक्तानको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक ४२ वर्षीय नवराज राउत र ट्रकमा सवार ३५ वर्षीय रमेश मानन्धरलाई उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दिबास लगिएकोमा रमेश मानन्धरलाई थप उपचारको लागि काठमाडौंतर्फ लगिएको छ ।

तपाईको प्रतिक्रिया