टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

       

रुपन्देही, ३० बैशाख । मायादेवी गाउँपालिका ४ रम्वापुरस्थित सडकमा लु. १ क ३३७५ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री कोटईमाई गाउँपालिका ४ बयरघाट बस्ने १७ वर्षीय गोलू कहारको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया