सांसद श्रेष्ठद्वारा वेरोजगार युवाहरूलाई भत्ताको व्यवस्था गर्न माग

राजनीति

       

काठमाडौं, ३० बैशाख । प्रतिनिधिसभाको वैशाख २९ गतेको बैठकमा विनियोजन बजेट २०७६ को सिद्धान्त र प्राथमिकताको विषयमा छलफलमा समाजवादी पार्टी नेपालको तर्फबाट मन्तब्य दिंदै पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रम नाम राखेर प्रचार गर्दैमा रोजगारी सृजना नहुने भएकाले यस वर्षको बजेटमा वेरोजगार युवाहरूलाई भत्ताको व्यवस्था गर्न माग गरेका छन् ।

सांसद श्रेष्ठले देशमित्र उद्यमशीलता, उत्पादनका कृयाकलाप र राष्ट्रिय पुँजीको विधास नभएसम्म रोजगारीको सृजना नहुने भएकाले प्रधानमन्त्रीको नाममा हल्ला गर्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए । उनले हालै मात्र राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको तथ्याङ्कमा आ.व. २०७४र७५ को देशको यथार्थ आर्थिक वृद्धिदर ५.९ प्रतिशत भनेर उल्लेख गरेको तर अहिले अर्थमन्त्रीले ६.७ प्रतिशत भनेर झुठो तथ्याङ्क दिएकोमा विरोध गरे ।

सांसद श्रेष्ठले देशमा समृद्धिको मुद्धा उठाई रहँदा आधा हेक्टर पनि जमिन नरहेका देशका ५२.६ प्रतिशत गरिव परिवार, निरपेक्ष गरिवकिो रेखामुनी रहेका १८.७ प्रतिशत तथा बहुआयामिक गरिवीको रेखामुनी रहेका २८.६ प्रतिशत जनताको समृद्धि कसरी हुन्छ भन्ने प्रश्न गर्दै त्यसका लागि बजेटमा ठोस प्रस्ताव ल्याउनुपर्ने माग गरे ।

उनले तुलनात्मक लाभका उद्योगहरूमध्ये जलमा उर्जा, जमीनमा कृषि र सिंचाइ, जङ्गलमा जडीबुटी उत्पादन तथा प्रविधिमैत्री कृषि र पर्यटनको विकासमा जोड दिन सरकारलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया