अन्तर्वार्तामा बोलाई अपमान गरेको भन्दै युवा फोरमले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

राजनीति

       

काठमाडौं, ३१ बैशाख । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एभिन्यूज टेलिभिजनले अन्तर्वार्तामा बोलाई अपमान गरेको आरोप समाजवादी युवा फोरमले लगाएको छ ।

टेलिभिजनले नियोजितरुपमा कार्यक्रममा बोलाई अपमान गरेको आरोप लगाउँदै युवा फोरमले भर्त्सना गरेको छ । युवा फोरमका संयोजक अनिल कुमार ठाकुरले एक विज्ञप्ति जारी गरी एभिन्यूज टेलिभिजनले सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् ।

साथै सञ्चारकर्मी सुशील पाण्डेलाई सम्बन्धित निकाय र सञ्चार गृहले कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । युवा फोरमले आज मंगलबार देशैभरिका जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

तपाईको प्रतिक्रिया