हावाहुरी प्रभावितलाई प्रदेश प्रमुखका निजी सचिवालयको १ दिन बराबरको तलब सहयोग

समाचार

       

जनकपुरधाम, ३१ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुखको कार्यालय तथा निजि सचिवालयका कर्मचारीहरुले १ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी हावाहुरीबाट प्रभावित बारा र पर्साका पिडितहरुका लागि पठाएका छन् ।

२०७५ साल चैत्र १७ गते बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित तथा घाईते भएकाहरुका लागि राहत स्वरुप उक्त रकम पठाइएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत यही बैशाख २७ गते उक्त रकम पठाईएको प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा उल्लेख छ । सो कार्यालयले २ थान चेक मार्फत सो रकम पठाएको हो ।

तपाईको प्रतिक्रिया