प्रधानमन्त्री ओलीले भियतनाममा दिए लुम्बिनी भ्रमणको निम्तो

समाचार

       

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताए ।

उनले मानवता तथा भाइचारामा गहन समर्पण नगरेसम्म शान्ति प्राप्त गर्न नसकिने पनि स्पष्ट गरे । उनले बुद्धले आफ्नो उपदेशमा भनेका मध्यममार्ग अवलम्बन गरी प्राप्त गरिने प्रज्ञा, निर्वाण तथा चीर शान्तिका विषयमा प्रकाश पारे ।

तपाईको प्रतिक्रिया