घुस सहित दुई पदाधिकारी पक्राउ

समाचार

       

बाँके, ३१ वैशाख । अीख्तयार दुरुपयोग अनुसन्धान आयोगलेको टोलीले बाँकेमा घुस लिदाँलिदै सामुदायिक वनका दुई पदाधिकारीलाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पाँच लाख घुस लिँदालिदै सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके राप्तीसोनारी गाँउपालिका १ मा रहेको लामिडाँडाँ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुना रहेका छन् ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार अध्यक्ष र कोषाध्यक्षले काठको टेण्डर मिलाइदिने भन्दै पाँच लाख रकम लिदै गर्दा कुसुमको बैरीयाबाट पक्राउ गरिएको हो । घुस रकम सहित पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, नेपालगञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया