लक्ष्मी बैंकको शाखा संचालनमा

अर्थ/वाणिज्य

       

विराटनगर, ३१ बैशाख । लक्ष्मी बैँकले विराटनगरको तीनपैनीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले विराटनगरमा १०३ औँ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश १ मा यो बैँकको १९ औँ शाखा हो ।

यस शाखामार्फत बैँकले ग्राहकहरुको वित्तिय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तिय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

नयाँशाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०३ शाखा पाँच हस्पिटल सेवा काउन्टर, एकसय २५ एटीएम, २५ सयभन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनिहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ र मोबाईल फोनमार्फत बैंकिङ सेवा प्रदान गरि सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया