आगलागीबाट लाखौंको क्षति

समाचार

आगलागीबाट लाखौंको क्षति

    आगलागीबाट लाखौंको क्षति   

धनुषा, ३१ बैशाख । ग्यास लिक भएर आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

गणेशमान चारनाथ नगरपालिका ३ भरतपुर बस्ने वासदेब महतोको बाँसको टाटीले बारेको कच्ची घरमा ग्याँस लिक भई आगलागी भएको थियो ।

आगलागीबाट घरभित्र रहेको नगद १ लाख रुपैयाँ, सुन २ तोला र विभिन्न सामानहरु जलेर करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया