ग्लोबल आइएमई बैंकको ६ वटा शाखारहित बैंकिङ्ग सेवा

अर्थ/वाणिज्य

       

काठमाडौं, १ जेठ । ग्लोबल आइएमई बैंकले थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्गमा १३३औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका –४, मुढा बजारमा १३४औँ, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका – ३, रामजानकी बजारमा १३६औँ, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका –४, देवीनगरमा १३७औँ र बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका –७, रेश नुन्थलामा १३८औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी छ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् ।

यसका साथै बैंकले अत्तरीया शाखामा १४५औं ए.टि.एम. पनि सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया