लघु चलचित्र प्रतियोगिता सम्पन्न

समाचार

       

काठमाडौं, ३१ बैशाख । नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच समापन गरेका छन् ।

प्रधानसेनापति थापाले “लघु चलचित्र प्रतियोगिता(२०७५”मा प्रथम हुने कृष्ण कुमार महतोको ‘अप्पन’, द्वितीय हुने गगन कुमार श्रेष्ठको ‘चाहना’र तृतीय हुने प्रद्युम्न मिश्रको ‘हातेमालो’लाई क्रमश रु.२,००,०००।, रु.१,५०,०००। र रु.१,००,०००। नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका थिए भने प्रतियोगितामा चौथो हुने महेश्वर सम्बाहाम्फे र गणेशजंग रावलको ‘त्याग’र पाचौं हुने शम्भु थापाको ‘साहसलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.२५,०००। का दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

साथै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईबाट उक्त प्रतियोगिताका सम्पूर्ण प्रतियोगीहरुलाई जनही रु. २५,००० का साथै प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमकै सिलसिलामा प्रधानसेनापति थापाले नेपाली सेना सम्बन्धी विभिन्न जानकारी मूलक मोबाईल एप्सको समेत शुभारम्भ गरे ।

तपाईको प्रतिक्रिया