उपमेयरका चालकले पत्रकार यादवलाई गरे दुर्व्यवहार

समाचार

राकेश यादव

       

रौतहट, १ जेठ । गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरका सवारी चालक राम शरण ठाकुरले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा मधेशवाणी राष्ट्रिय साप्ताहिक पत्रिकाका जिल्ला संवाददाता राकेश कुमार यादवलाई उपमेयरको विरोधमा किन समाचार लेखेको भन्दै अभद्र व्यवहार गर्नुको साथै ज्यान मार्ने धमकी दिएका छन् ।

संघीय प्रेस फोरम नेपाल प्रादेशिक समिति प्रदेश २ को कोषाध्यक्षसमेत रहेका यादवलाई बैशाख ३० गते सोमबार राति करीव साढे ९ बजेको समयमा गौर नगरपालिका वडा नम्बर ५ स्थित बरहवा रोडमा पान पसल अगाडी सार्वजनिक बाटोमा चालक ठाकुरले गाली गलौज गर्दै अभद्र व्यव्हार गरेका हुन् ।

नियमित कामकाज गरी घर जाँदै गरेको संचारकर्मी यादवलाई उपमेयर ठाकुरको चालकले यस्तो कार्य गरेका हुन् । पान पसल अगाडी पान खानको लागि बसेको अवस्थामा मोटरसाइकलमा आएका चालक ठाकुरले मेरो उपमेयरको विरुद्धमा किन लेखिरहेको भन्दै गाली गर्नुको साटो गौरमा प्रवेश गर्न नदिने गरे मारपीट गर्ने भनी धमकी दिएको संचारकर्मी यादवले बताएका छन् ।

उपमेयरको विरुद्धमा समाचार नलेखेको भएपनि यस्तो धमकी दिएको पत्रकार यादवले बताए । सामाजिक संजाल फेसबुकमा निर्माण भैरहेको बृद्धा आश्रमको भवनमा होर्डिंग बोर्ड नलगाइएको, गौर नगरपालिकाबाट भवन निर्माणको स्वीकृति नलिएको लेखेको निहुमा उपमेयर ठाकुरले आफ्नो चालकलाई परिचालन गरेर यस्तो गराएको पत्रकार यादवले आरोप लगाएका छन् ।

चालक ठाकुर केहि महीना अगाडी पुरेन्वामा भएको मारपीटको मुख्य योजनाकार भएपनि उपमेयर ठाकुरले संरक्षण गरेकी छिन् ।

मारपीटमा गम्भीर घाइते भएको बेदामी साहको उपचारको क्रममा मृत्यु भएपछि चालक ठाकुरले उल्टो व्यान गर्दै उनको भाई राम आधार ठाकुर कर्तव्य मुद्दाको अभियुक्त बनाइएको स्थानीयहरुले बताएका छन् ।

अभियुक्त अहिले फरार रहेका छन् । उपप्रमुख ठाकुरले मैले गाली गलौज गर्नलाई चालक ठाकुरलाई परिचालन नगरेको प्रतिक्रिया दिएका छन् ।

पत्रकारमाथि भएको घटना निन्दनीय रहेको बताउँदै चालक ठाकुरले भावनामा आएर गल्ती गरेको स्वीकार गरेकी छन् । विगत केही समयदेखि संचारमाध्यम तथा संचारकर्मी माथि समाचारको विषय लिएर पटक पटक आक्रमण भएपनि कार्यवाही नभएकोले यस्ता घटनामा बृद्धि हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया