एकनाले बन्दुक बरामद

समाचार

       

कपिलवस्तु, १ जेठ । महाराजगंज नगरपालिका ८ सिंग्राहा–कजरहवास्थित सडकको किनारमा रहेको बगैचाबाट बाह्रबोरको एकनाले बन्दुक १ थान मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

सीमा प्रहरी चौकी हर्दौनाबाट खटिएको प्रहरीलाई देख्नासाथ अन्दाजी २३ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले प्लाष्टिकको सेतो बोरा फाली फरार भए पश्चात प्रहरीले बोरा खोली उक्त बन्दुक फेला पारेको हो ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया