नेपाल–भारत फ्रेन्चाइज सम्मेलन सुरु

समाचार

       

काठमाडौं, १ जेठ । नेपाल–भारत फ्रेन्चाइज लगानी तथा सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय दुतावास र भारतीय फ्रन्चाईँज कम्पनीको संयुक्त आयोजनामा सो एक्स्पो सुरु गरिएको हो ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत् विभिन्न ब्राण्डमा लगानी गर्ने अवसर सिर्जना गर्ने उद्देश्यका साथ सम्मेलन सुरु गरिएको हो ।

नेपालमा वैदेशिक लगानी भित्रयाउने मुख्य उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजना गरिएको सो एक्स्पोको दोस्रो दिन बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एक्स्पोमा दुवै देशका करिव ६० वटा ब्रान्डेड कम्पनीहरुले भाग लिएका छन् । एक्स्पोको दोस्रो दिन बिहीबार नेपालमा उद्यम विकासको मार्ग चित्र र त्यसका लागि आवश्यक लगानीका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया