स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूह र जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण

राजनीति

       

काठमाडौं, २ जेठ । डा.सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूहले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ ।

बिहीबार मोर्चाका अध्यक्ष डा.मुक्ति र स्वतन्त्र मधेश गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका जासर यादवले एकीकरण भएको विज्ञप्तिमार्फत् जनाएका छन् ।

छिट्टै नै निर्वाचन आयोगमा आफ्नो नयाँ पार्टी दर्ता गर्ने घोषणा मुक्ति र यादवले गरेका छन् । मधेशलाई सबैले धोका दिँदै आएको र मधेशको मुक्तिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । यही महिनाको २० गतेसम्म आयोगमा नयाँ पार्टी दर्ता गर्ने यादवले मधेशवाणीलाई बताए ।

यादवले नेपाल सरकारसँग डा.सीके राउतले ११ बुँदे सहमति गरी स्वतन्त्रता अभियानमा लागेका युवाहरुलाई धोका दिएको आरोप लगाउँदै आएका थिए । ११ बुँदे सहमतिमा मधेश र मधेशी जनताका पक्षमा कुनै कुरा नरहेको आरोप यादवको थियो ।

तपाईको प्रतिक्रिया