किशोर किशोरीहरुको प्रजनन स्वास्थ लागि विशेष प्याकेज ल्याउने तयारी

समाचार

       

जनकपुरधाम,  २ जेठ । सामाजिक विकास मन्त्रालयले प्रदेश २ का किशोर किशोरीहरुका प्रजनन स्वास्थ सुधारका लागि विशेष प्याकेज बनाई लागू गरिने कुरा प्रदेश सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साहले बताएका छन् । 

जनकपुरमा सामाजिक विकास मन्त्रालयको आयोजना र युएनएफपीए÷एडीआरए नेपालको सहकार्यमा आयोजित “किशोर किशोरीको प्रजनन स्वस्थ्य, हाम्रो सरोकार“ विषयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले यसका लागि वालविवाह न्युनिकरण, कुलतमा फसेकालाई जोगाउने, प्रजनन शिक्षा लगायतका कार्यक्रमलाई प्रभावकारी बनाइने बताए ।

तपाईको प्रतिक्रिया