मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस स्वतन्त्रता विपरीत : कांग्रेस

राजनीति

       

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेस स्वतन्त्रता विपरीत रहेको जनाएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको निष्कर्ष निकालेको छ ।

सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी केही विधेयकहरु संसद्मा दर्ता गरेको आरोप लगाउँदै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको छ ।

तपाईको प्रतिक्रिया