समाजबाट दाइजोप्रथा अन्त्य गर्न सबै जातीय समुदाय सक्रिय हुन जरुरी : सांसद यादव

राजनीति

       

वीरगंज, २ जेठ । वीरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवामा निर्माण हुन लागेको गोपाल सेवा समितीको भवनको एक कार्यक्रमका विच संघिय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

विभिन्न दाताहरुको सहयोगमा निर्माण हुन लागेको भवनको समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद यादवले विधिपुर्वक पुजापाठ गरेर शिलान्यास गरेका हुन् ।

शिलान्यास पछि आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले हाम्रो समाजबाट दाइजो प्रथा अन्त्य गर्न सबै जातीय समुदायहरु एकजुट भएर लाग्न आग्रह गरेका छन् । समाजमा विकृतीको रुपमा जरो गाडेको दहेज प्रथाको अन्त्यका लागी हामी सबै एकजुट भएर लागे यसको अन्त्य हुने कुरामा सांसद यादवले जोड दिए । 

तपाईको प्रतिक्रिया