क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न

समाचार

       

अजय मिश्र, कपिलवस्तु, २ जेठ । चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।

बैशाख २७ गतेदेखि सुरु भएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासका लागि कटिबद्ध रहेको बताए । नगरप्रमुख शाहले सञ्चारकर्मी र सञ्चार माध्ययम सधै सत्यतथ्य समाचार उठान गर्नुपर्ने बताए । बैशाख २७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका भित्र रहेका क्रियाशील पत्रकारहरुलाई तालिम दिइएको हो ।

कार्यक्रममा कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठी, उपमेयरका सल्लाहकार तुफेल अहमद खान, महेन्द्र मा.बि का प्रधानाध्यापक अनिल कुमार श्रीवास्तव, चित्रांश मीडियाका संचालक अंकुश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई खोज पत्रकारिता, फोटो पत्रकारिता, समाचार लेखन उद्घोषण लगायतका बिषयबस्तुका बारेमा प्रशिक्षण दिइएको हो । तालिममा सहभागी भएकाहरुले आफूले सिकेका सिप व्यवहारमा उतार्ने बताएका छन् । उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया