संसद मर्यादित ठाउँ हो, यसको मर्यादा राख्नु पर्दछ : प्रम ओली

राजनीति

       

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा असंसदीय शब्द प्रयोग नगरेको बताएका छन् ।

भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण बुधबार सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने “सभामुखज्यूले मैले कुनै गैह्रसंसदीय शब्द बोले र त्यो डिलिट गर्नुपर्छ, रेकर्डबाट हटाउनु पर्छ भन्नु पनि भएको छैन ।”

प्रधानमन्त्री ओलीले संसदमा केही संसदहरुले उत्ताउला, अमर्यादित र असंसदीय शब्दहरु प्रयोग गरेको र ती शब्द सभामुखले हटाएको बताएका छन् । “सभामुखले त्यसैलाई संकेत गर्नु भएको हो–डिलिट गर्ने कुरामा ।

एउटा मैले यति भनौं संसद एउटा मर्यादित ठाउँ हो र मर्यादा राख्नु पर्छ” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया