लोकप्रिय बन्दै जिल्ला प्रशासन कार्यालय

समाचार

       

भैरहवा, २ जेठ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्ना सेवाग्राहीलाई निःशुल्क चिया कफी प्रदान गर्ने भएको छ । प्रत्येक महिनाको पहिलो दिन कुनै नयाँ काम गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अभियान अन्तर्गत कार्यालयले आफ्नो सेवाग्राहीलाई निःशुल्क रुपमा चिया कफी प्रदान गर्ने कार्यको थालनी गरेको हो ।

यो कार्यसँगै प्रशासन कार्यालय सेवाग्रहीको माझ लोकप्रिय बन्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भेन्डिङ मेसिन जडान गरिएपछि सेवाग्राहीले सहज रुपमा आफैँ चिया कफी लिन सक्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर थापा मगरले बताए ।

अर्घाखाँँची सिमेन्ट उद्योग प्रा.लि.को सहयोगमा कार्यालयमा उक्त भेन्डिङ मेसिन जडान गरिएको हो । प्रमुख जिल्ला अधिकारीले स्थानीय दाताहरुको सहयोगमा मासिक सहयोग उठाई नियमित रुपमा सेवाग्राहीलाई चिया कफी उपलब्ध गराउने बताए ।

तपाईको प्रतिक्रिया