बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट काठमाडौंमा हुने

कला/संस्कृति

       

काठमाडौं, ७ जेठ । बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् ।

आउँदो जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत(संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो ।

आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार, ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।

तपाईको प्रतिक्रिया