सलमान र कट्रिनाले गरे नेपाली प्रितमको प्रशंसा

कला/संस्कृति

       

काठमाडौँ, १३ जेठ । भारतीय टेलिभिजनको चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’ सुपर ६ का लागि प्रतिस्पर्धा गरिरहेका नेपाली बालक प्रितम आचार्यको बलिउड अभिनेता सलमान खानले प्रशंसा गरेका छन् ।

शनिवार प्रसारित एपिसोडमा अतिथिका रुपमा पुगेका सलमानले प्रितमको प्रस्तुति पुरै सुनेपछि उनी नेपालका गर्भ गर्न लायक गायक बन्ने बताएका हुन् । ‘बच्चोका ए उदितनारायण कन्फर्म हे’ सलमानले भने ‘ओरिजिनल गीतमा भन्दा पनि बढी एनर्जी गीतमा थियो । तिमी नेपालले गर्भ गर्न लायक बन्ने छौ ।’

शनिबार प्रसार भएको एपिसोडमा प्रितमले हिन्दी फिल्मको ‘जब्बी कोही लड्की देखो मेरे दिल दिवाना ओले ओले’ बोलको गीत प्रस्तुत गरेका थिए ।

पूर्व प्रेमिका समेत रहेकी अभिनेत्री कट्रिना कैफका साथ सलमान शोमा सहभागी थिए । कार्यक्रममा अभिनेत्री कट्रिनाले प्रितमको गायनको प्रशंसा गर्दै कल्पना गर्न नसकिने गायन प्रस्तुति दिएको बताइन् ।

तपाईको प्रतिक्रिया