सरकार निकम्मा भयो : उपप्रधानमन्त्री यादव

राजनीति

       

वीरगञ्ज, १४ जेठ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अहिलेको सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । सरकार लुटतन्त्र र भ्रष्टाचारमा लिप्त रहेको उनले आरोप लगाए ।

समाजवादी पार्टीले वीरगञ्जमा गरेको कार्यक्रममा पार्टीका अध्यक्ष समेत रहेका यादवले सरकारले मुलुकका लागि राम्रो काम गर्न नसकेको स्वीकार गरे । कम्युनिष्टको सरकार भएपनि देशमा लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र चरम सीमामा पुगेको उनले बताए ।

कम्युनिस्ट र कांग्रेस अहिलेसम्मको उपलब्धि समाप्त पार्ने खेलमा रहेको आरोपसमेत यादवले लगाए । ‘कांग्रेस, कम्युनिष्ट उपलब्धी रक्षा गर्न होइन, समाप्त पार्ने खेलमा लागेको छ’, उनले भने ।

यादवले पहिला आफूले संविधान जलाएर विरोध गरेको बताउँदै अहिले संविधान कार्यान्वयन गर्ने क्रममा अप्ठयारो परेको बताए । परिवर्तनकारी, क्रान्तिकारी शक्ति मिलेपछि आफूलाई राष्ट्रिय पार्टी भन्ने कम्युनिष्ट, कांग्रेसहरुको होस हवास उडेको उनको भनाइ छ । अहिलेको उपलब्धि रक्षा गर्नकै लागि आफूहरुले पार्टी एकता गरेको यादवले दाबी गरे ।

तपाईको प्रतिक्रिया