रेशम चौधरी राजपा छाड्ने मनस्थितिमा

राजनीति

       

काठमाडौं, १४ जेठ । टीकापुर घटनामा संलग्न रहेको कसूरमा जन्मकैद भोगिरहेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी पार्टी परित्याग गर्ने मनस्थिति बनाएका छन् ।

जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी अहिले डिल्लीबजार करागारमा बन्दी जीवन बिताइरहेका छन् ।

उनी जेलभित्रै बिरामी परेका छन् । चौधरीको फोक्सोमा समस्या देखिएको छ । यसअघि पनि चौधरी बारम्बार विरामी परेका थिए । उनको मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा पुगेको छ ।

करिब एक सातादेखि जेलभित्रै विरामी परेका सांसद चौधरीलाई राजपा नेपालका नेताहरुले भेट्न आएका छैनन् । चौधरीले जेलबाटै राजपाका नेताहरुलाई फोन गर्दै आएका छन् तर कोही पनि नेता भेट्न नआएको उनको गुनासो छ ।

चौधरीकी श्रीमती रंजिताका अनुसार जेलबाटै राजपाका नेताहरुलाई बारम्बार फोन गर्दा समेत कसैले वास्ता गरेका छैनन् । रंजिताका अनुसार आफ्नै पार्टीका नेताहरुले सहयोग गर्न छोडेपछि चौधरी निराश हुँदै पार्टी छोड्न मनस्थितिमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया