रौतहटमा पनि गणतन्त्र दिवस मनाइयो

राजनीति

राकेश यादव

       

रौतहट, १५ जेठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा विभिन्न कार्यक्रमको आयोजना गरी १२औ गणतन्त्र दिवस मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा दिवस मनाइएको हो ।

सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मीहरु बिहान प्रभात फेरी निकालेका थिए । नगरको परिक्रम गर्दै जिल्ला समन्वय समितिको प्रांगणमा सभामा परिणत भएका थिए ।

समन्वय समितिका प्रमुख राम एकवाल यादव र प्रमुख जिल्ला अधिकारी किरण थापाले राष्ट्रिय झण्डा पÞmराएका थिए । कार्यक्रममा सहभागी भएकाहरुले लोकतन्त्र ल्याउने अभियानमा आफ्नो अनमोल जीवनको आहुति दिने वीरहरुप्रति श्रदा सुमन अर्पण गरेका छन् ।

लामो समयको निरंकुशताको अन्त्य भएको दिनलाई लोकतन्त्र प्राप्तिको खुशीको दिन मानेर दिवस मनाउने गरेको हो । विभिन्न संघर्ष पछि प्राप्त भएको गणतन्त्रको रक्षा गर्नु पर्ने सबैको प्रमुख जिम्मेवारी समेत रहेको छ । गणतन्त्र मजबूत र बलियो बनाउन सञ्चार स्वतन्त्र हुनुको विकल्प नरहेको जिकिर गरिएको छ ।

तपाईको प्रतिक्रिया