लोकसेवाको विज्ञापन फिर्ता लिन राजपाको माग

राजनीति

       

काठमाडौं, १९ जेठ । स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनप्रति राष्ट्रिय जनता पार्टी नेपालको ध्यानाकर्षण भएको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक अनिल कुमार झाले शनिबार एक विज्ञप्ति जारी सो विज्ञापन अविलम्ब फिर्ता लिन माग गरेका छन् ।

मधेश जनविद्रोह, आन्दोलन र बलिदान पश्चात प्राप्त भएको समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षडयन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया