प्रदेश २ लाई बजेटमा उपेक्षा गरियो : सांसद यादव

राजनीति

       

बीरगंज, १९ जेठ । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम् संघीय सांसद प्रदिप यादवले सरकारले लयाएको २०७६/०७७ को बजेटले प्रदेश २ लाई उपेक्षा गरेको बताएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथि आइतबारदेखि संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादवले अर्थमन्त्रीले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा प्रदेश २ लाई उपेक्षा गर्नुको साथै सौताको व्यवहार देखाएको आरोप लगाए ।

सांसद यादवले भने बजेट पूर्ण रुपमा केन्द्रमुखि छ, प्रदेश २ लाई विभेद गरिएको छ, त्यसकारण सरकारले प्रदेश २ लाई विशेष बजेट दिनु पर्ने माग गरे ।

संसदमा बोल्दै सांसद यादवले गत वर्षको तुलनामा प्रदेश २ मा ३ अर्ब रुपैयाँ कम बिनियोजन गरेको बताउँदै प्रदेश २ लाई समृद्ध बनाउन कम्तीमा ३० देखि ४० अर्ब रुपैयाँ बिनियोजन गर्नुपर्ने बताए । उनले केन्द्रीय तथा प्रदेश सरकारको सम्बन्धलाई मजबुत बनाउनका लागि समान रुपमा बजेट बिनियोजन गर्नुपर्ने बताए ।

सांसद यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल प्रदेश न. २ को मुटुमा रहेको बताउँदै त्यसका लागि बजेट नराखिएको तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याइएकोले यसमा विभेद गरिएको बताउँदै सांसद यादवले निजगढ विमानस्थलका लागि पनि विशेष बजेट छुट्याउन माग गरे ।

तपाईको प्रतिक्रिया