दुई जनतान्त्रिक एक भए, जेठभित्रै नयाँ पार्टी दर्ता हुने

राजनीति

       

काठमाडौं, २० जेठ । तत्कालीन सशस्त्र भूमिगत मधेश राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको छ ।

शिवकुमार सिंह नेतृत्वको मधेश राष्ट्र जनतान्त्रिक पार्टी र डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको हो ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाको नीति, सिद्धान्त र विधानमा सहमत भई मधेश राष्ट्र जनतान्त्रिक पार्टी जनतान्त्रिक तराई मुक्ति मोर्चामा समाहित भएको घोषणा गरेका छन् ।

मधेश राष्ट्रका शिवकुमारलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन परिचालन एवं व्यवस्थापन समितिमा मनोनित गरिएको अध्यक्ष डा.मनोज मुक्तिले मधेशवाणीलाई बताएका छन् ।

समतामूलक पूर्ण समानुपातिक समावेशी शासन व्यवस्था र समृद्ध राष्ट्र निर्माणको पवित्र उद्देश्य प्राप्तिमा कोशेढुंगा साबित हुने विश्वास अध्यक्ष मुक्तिले लिएका छन् ।

जनतान्त्रिकको पूर्वघोषित कार्यक्रमअनुसार विधान, घोषणापत्र, नियमावली लेखन लगायतका सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको र यही महिनाभित्रै विधिवत्रुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने अध्यक्ष डा.मुक्तिले मधेशवाणीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया