संघीयतालाई असफल बनाउने बजेट हो : राजेन्द्र महतो

राजनीति

       

काठमाडौं, २१ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले विगतका बजेटझैं यो बजेट पनि मधेश विरोधी र संघीयताको मर्मविपरीत रहेको आरोप लगाएका छन् ।

मंगलबार संघीय संसदमा बजेटमाथि छलफलमा बोल्दै उनले विगतकै बजेटको निरन्तरता रहेको उनले बताए । उनले मधेशमा आधाभन्दा बढी जनसंख्याको बसोबास रहेतापनि बजेट २० प्रतिशतभन्दा कहिल्यै बढी विनियोजन नगरेको आरोप लगाएका हुन् ।

उनले संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता जिकिर गरेका छन् । ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’ उनले भने ।

उनले संघीयता भनेको प्रदेशहरु स्वायत्त हुनुपर्ने, अधिकार सम्पन्न हुनुपर्ने लगायतका कुराहरुमा यो बजेट बिल्कुलै उल्टो रहेको धारणा राखेका छन् । विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै अधिकारहरु प्रदेशलाई दिनु नै संघीयताको मर्म रहेको बताए ।

तपाईको प्रतिक्रिया