लोकसेवाको विज्ञापन नसच्याए आन्दोलन गर्ने चेतावनी

राजनीति

       

काठमाडौं, २१ जेठ । नेपाल संघीय समाजवादी पार्टीले लोकसेवा आयोगले गरेको विज्ञापन नसच्याए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले यस्तो चेतावनी दिएको हो ।

लोकसेवा आयोगले मधेशी, आदिवासी जनजाति, दलित, थारु तथा मुस्लिमलाई संविधान प्रदत्त समावेशी अधिकारबाट वञ्चित गराउने उक्त खतरनाक षड्यन्त्रपूर्ण तरिकाले यस्तो विज्ञापन प्रकाशित गरेको आरोप लगाएको छ ।

लोकसेवा आयोगले नियतवश यस्तो विज्ञापन प्रकाशित गरेको आरोप लगाउँदै अध्यक्ष अन्सारीले तत्काल सो विज्ञापन सच्याउन माग गरेका छन् ।

सो विज्ञापन नसच्याइए त्यसको कानूनी उपचार खोज्ने तथा चरणबद्ध आन्दोलनद्वारा उत्पीडित वर्गका खण्डित भएको अधिकार स्थापित गराई छाड्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया