आइएमई लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता

अर्थ/वाणिज्य

       

काठमाडौं, २१ जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड काठमाडौंबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले गरिमा विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७६ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सरल सावधिक, बाल शिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजीवनलगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा विस्तार गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया