समाजवादी पार्टी जनयुद्ध, मधेश विद्रोह र पहिचानको आन्दोलनको उत्तराधिकारी हो : श्रेष्ठ

राजनीति

       

काठमाडौं, २६ जेठ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेश जनविद्रोह र पहिचानको आन्दोलन सबैको उत्तराधिकारी भएको बताएका छन् ।

उनले यो कुरा नेकपाका नेता सरोजकुमार सिंहसहित दर्जनौं नेता कार्यकर्ताहरू समाजवादी पार्टी, नेपालमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बिच एकीकृत भएपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ता प्राप्त गर्न सफल भए पनि जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू भने एकीकरणसँगै विर्सजन भएको बताए ।

उनले १० वर्षे जनयुद्धका युगान्तकारी परिवर्तनका एजेण्डाहरू तथा माओवादीले वार्ताको क्रममा छोडेको सङ्घीयताका एजेण्डाहरू आन्दोलनकोे माध्यमबाट पुनस्र्थापना गर्न सफल मधेश जनविद्रोह र आदिवासी जनजातिको आन्दोलनद्वारा स्थापित पहिचानको मुद्दाको समेत आफ्नो पार्टीले मात्रै अपनत्व ग्रहण गरेको बताए ।

तपाईको प्रतिक्रिया