प्राइम कमर्सियल बैंकको प्रतिफल वितरण वार्षिक साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य

       

काठमाडौं, २६ जेठ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आफ्नो शेयरधनीहरुलाई १६ प्रतिशत वोनस सेयर दिने निर्णय गर्दै एघारौे बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकको आजै सम्पन्न साधारण सभाले बैंकको संचालक समितिमा सस्थापक समुहमा उदय मोहन श्रेष्ठ, नरेन्द्र बज्राचार्य र राजेन्द्र दास श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, साधारण शेयर धनीको समुहमा मनोज पौडेल र प्रचण्डमान श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया