गुठी विधेयकबारेको प्रदर्शनमा सरकारी दमनको बिरोध

राजनीति

       

काठमाडौं, २६ जेठ । गुठीका जग्गा व्यवस्थापनको विषयमा भएका विवादहरु नजर अन्दाज गर्दै सरकारद्वारा चालिएका कदमहरुको साझा विवेकशील पार्टी घोर भत्सना गरेको छ ।

गुठीको जग्गा व्यवस्थापन, सामान्य जग्गा व्यवस्थापन जस्तो नभई यसका प्राविधिक विषय धार्मिक आस्था, सास्कृतिक सम्पदा र सामाजिक भावनासँग जोडिएका संवेदनशील विषय हुन् ।

सरकारद्वारा प्रस्तावित विधेयकका प्रावधान बारेमा नागरिक तहबाट दबाब र प्रतिक्रिया हुनु स्वाभाविक रहेको साझा विवेकशीलले जनाएको छ ।

यसै सिलसिलामा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शन माथि सरकारको निर्मम दमन र धरपकड अत्यन्तै निन्दनीय रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया