प्रदेश २ को नाम थरुहट थारुवान राख्न माग, थारुको प्रतिशत नछुट्याएकोप्रति आपत्ति

राजनीति

ब्रम्हानन्द ठाकुर

       

जनकपुरधाम, २७ जेठ । प्रदेश २ को नाम थरुहट थारुवान राख्नु पर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान सँयुक्त संघर्ष समितिले माग गरेको छ ।

समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा उक्त कुरा उल्लेख छ । ज्ञापन पत्रमा पर्सादेखि झापा जिल्लासम्मको भूभाग सीमांकन गरी स्वायत्त थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने जनाइएको छ ।

त्यस्तै, प्रदेश नं. २ मा थारु भाषालाई सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरुलाई पचास प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिको धारणा छ ।

प्रदेश २ सरकारद्धारा प्रदेश निजामती सेवाको गठन, सँचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा आदिवासी थारुहरुको जनसँख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया