कृष्णानगर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा सम्पन्न

समाचार

इमरान खान

       

कपिलवस्तु, २७ जेठ । कपिलवस्तु जिल्लाको कृष्णानगर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारण सभा गुरु शरण सिंरको अध्यक्षतामा कृष्णानगर उद्योग बाणिज्य संघको सभा हालमा सम्पन गरिएको छ ।

कृष्णानगर उद्योग वाणिज्य संघका अध्यक्ष गुरु सरण सिंह छबराले अतिथिहरुलाई सम्मान पत्र दिँदै कृष्णानगरलाई जिल्लाकै व्यापारिक केन्द्र बनाउनु पर्नेमा जोड़ दिएका थिए ।

कार्यक्रममा कृष्णानगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उद्योग वाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अली, आन्तरिक राजस्व कार्यालयका प्रमुख पूर्ण प्रसाद न्युपाने, समाजसेवी एवम् युवा नेता अकरम पठान, युवा नेता सनी सरदार, पत्रकार लगायतका उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया