नेपाल–भारत सीमामा १७९ नयाँ स्तम्भ

समाचार

       

विराटनगर, २७ जेठ । प्रदेश १ स्थित नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण गरिएको छ ।

नेपाल–भारत संयुक्त सिमा क्षेत्र सर्वेक्षण फिल्ड सर्भे टिमको विराटनगरमा सम्पन्न दोस्रो बैठकमा ३६ वटा स्तम्भ मर्मत गरिएको जानकारी गराइएको हो ।

बैठकमा नेपाल तर्फको मोरङ, सुनसरी र झापा गरी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका प्रमुख, वन र नापी कार्यालयका प्रमुखको सहभागि थिए ।

भारततर्फको सुपौल र अररिया जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकायका प्रमुखलगायत बन र नापी कार्यालयका प्रमुखहरुको बैठकमा उपस्थिति थियो ।

बैठकमा नापी विभागका नेपाल भारत सीमा सर्वेक्षण टोली नम्बर १ का प्रमुख शिवप्रसाद लम्सालले सुनसरी, मोरङ र झापास्थित सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये जमिनमा यसअघि नै निर्माण भइसकेको र बाँकी रहेको केही जमिनमा र नदीहरुमा आफूहरुले निर्माण गरेको बताए ।

नेपाल पक्षले १ सय ६ र भारतीय पक्षले ७३ वटा स्तम्भ निर्माण गरेको उनले बताउनुभयो । यस्तै नेपालले १६ र भारतले २६ वटा स्तम्भ मर्मत गरेको छ ।

तपाईको प्रतिक्रिया