बेलवामा पक्की ढलान सडकको शिलान्यास

समाचार

       

वीरगञ्ज, २७ जेठ । वीरगञ्ज महानगरपालीका वडा नम्बर ३१ बेलवामा निर्माण हुन लागेको पक्की ढलान सडकको एक कार्यक्रमका विच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवको विशेष पहलमा शहरी विकाश मन्त्रालयको ५० लाख तथा स्थानीय जन श्रमदानबाट १० लाख गरी ६० लाखको लागतमा पक्की ढलान सडक निर्माण हुन लागेको हो ।

बेलवा चकरदहवा चौकदेखि बेलवासम्म २५० मिटर पक्की ढलान सडकको शिलान्यास गर्दै सांसद यादवले परिवर्तनलाई संस्थागत गर्न विकाश निर्माण कार्यलाई तिब्रता दिनु पर्ने बताए ।

विभिन्न चरणमा भएको आन्दोलनले व्यवस्था मात्र परिवर्तन भएको तर अहिले पनि गाउठाउको अवस्था जस्ताको तस्तै रहेकोले अबको समय विकाश निर्माणको माध्यमले देशको कुना कुनामा परिवर्तनलाई अनुभूति गराउने समय भएको बताए ।

तपाईको प्रतिक्रिया