प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

समाचार

       

जनकपुरधाम, २७ जेठ । प्रदेश २ को नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।

सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले नै संशोधन हालेपछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम अन्ततः संशोधन फिर्ता लिएपछि बहुमतले पारित भएको हो ।

सोमबार प्रदेशसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सत्तारुढ राजपाकै सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

राजपाका सांसदहरु मनिष सुमन, विदेश्वर यादव ‘बिक्की’, डा. रिना यादव, नेत्रबिक्रम साह र सचेतक परमेश्वर साहले संशोधन दर्ता गराएका थिए । पछि पाँचै जनाले संशोधन फिर्ता लिएका थिए ।

नेकपाका सांसदहरुले पनि संशोधन हालेका थिए । तर, बहुमतले अस्वीकृत भएको थियो । नेकपाका सांसदहरु रामचन्द्र मण्डल, किशोरी साह, ज्वालाकुमारी साह, सुन्दरबहादुर विक र दिलिप साहको संशोधन अस्वीकृत भएको छ ।

 

तपाईको प्रतिक्रिया